nmb bank

गृहपृष्ठ भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्न ‘रोड शो’ कार्यक्रम सञ्चालनमा ल्याइने

भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्न ‘रोड शो’ कार्यक्रम सञ्चालनमा ल्याइने

भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्न ‘रोड शो’ कार्यक्रम सञ्चालनमा ल्याइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड शो’लगायतका प्रचार–प्रसारका कार्यक्रम सञ्चालनमा ल्याइने बताए । उनले पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशक अनुरुप १६ लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बुद्ध सर्किट मात्र नभई किराँत, शिव र रामायण सर्किटको विषयमा समेत समावेश गरिएको उनको भनाइ थियो । अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोमा पेस भइसकेको, यस क्षेत्रको अन्य सम्पदाको उत्खनन, विकास र उन्नयनमा पुरातत्व विभागमार्फत विभिन्न कामहरु भइरहेको उनले जानकारी दिए ।

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले यसको सञ्चालनसम्बन्धी अध्ययन समिति गठन गरिएको र उक्त समितिको अध्ययन प्रतिवेदनको आधारमा ठोस कार्ययोजना बनाई सञ्चालनको उचित प्रबन्ध मिलाइने बताए ।

मन्त्री तामाङका अनुसार हिमाल आरोहणलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धी नयाँ नियमावली तर्जुमाका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । नेपालको हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वसनीय, सुलभ र पहुँचयोग्य बनाउने हवाई नीति, २०६३ को समसामयिक संशोधन अन्तिम चरण पुगेको छ । सातवटै प्रदेशको प्रमुख सहरमा हवाई सेवा विस्तारलाई ध्यान दिइनुका साथै गोरखा दरबारको परम्परा र संस्कृति संरक्षणको विषयमा मन्त्रालय प्रतिबद्धताका साथ लागेको उनको भनाइ छ ।

 

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु