काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युरो कप : साविक विजेता इटाली बाहिरियो, स्विट्जरल्यान्ड र जर्मनी क्वाटरफाइनलमा

3.68K
shares

साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डले २–० गोलले पराजित गरेसँगै इटाली अन्तिम १६ बाटै घर बाहिरिएको हो । स्विट्जरल्यान्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरे । स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेतासँग खेल्नेछ ।

यसैबीच घरेलु टोली जर्मनी युरोकप २०२४ को क्वाटरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुगेको हो ।

जर्मनीले क्वाटरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । अन्तिम १६ का खेलअन्तर्गत आजराति इङ्ग्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्नेछन् ।