काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज देशभरका यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

4.85K
shares

 

अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ । नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-सान नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको छ ।

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा, सल्यान, रुकुम-पूर्व, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स(साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स(साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यता, आगामी ३ दिन कोशी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरुण, तामाकोशी, दुधकोशी, सुनकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुने भएपनि बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन भनिएको छ ।