काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काठमाडौँमा निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड

3.42K
shares

पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ ।

आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन ।

ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने कार्यक्रम सार्बजनिक गरेको छ ।