काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बससेवा डटकमले हरेक टिकट बापत एक नीलहिरा समाजलाई प्रदान गर्ने

3.17K
shares

नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यावस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाका दरले प्रदान गर्नेछ ।

सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्ग मार्फत अनलाईन टिकट काट्न सकिने छ

नील हिरा समाज (ब्लु डायमण्ड सोसायटी ) नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हक अधिकारका निम्ति गैर–सरकारी संस्था हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिहरू बिरूद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्न २००१ मा स्थापित भएको संस्था हो ।