global ime bank Long Banner Ad

गृहपृष्ठ आचार्य पुन लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

आचार्य पुन लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

आचार्य पुन लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले डा।तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा।रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्त गरेका हुन् ।

रजिष्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। उपेन्द्र कोइराला र प्रा।डा। पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो ।

रजिष्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु