global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारी अस्पतालमा बिरामीका भार

सरकारी अस्पतालमा बिरामीका भार

सरकारी अस्पतालमा बिरामीका भार

चितवन ।यहाँस्थित दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ ।

भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी
अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।

भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए ।

उनिरुले–भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताए।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु