global ime bank Long Banner Ad

गृहपृष्ठ असारका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

असारका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

असारका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

 असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरुले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै असारका लागि नयाँ ब्याजदर तोकेका हुन्। जेठमा ब्याजदर घटाएका वाणिज्य बैंकहरुले असारमा थप ब्याजदर घटाएका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन्। बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्। कृषि विकास बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेष्ट बैंकको ५.७५ प्रतिशत रहेकाे छ। हिमालयन बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ।

यस्तै, ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ। माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकनेपाल एसबीआईलक्ष्मी सनराइजग्लोबल आईएमईकुमारीप्राइमसानिमासिटिजन्सएनएमबी र एनआईसी एशिया बैंकले भने ब्याजदर घटाएका छन्।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु