गृहपृष्ठ सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने तयारी
सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने तयारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने बताएका छन् ।
सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठनबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् ।
शुक्रबार सरकारमा सहभागी भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशिल भएर काम गरिरहेको बताएका छन् ।
उनले सरकारले आन्दोलनरत सहकारीका बचतकर्तासँग गरेका आठबुँदे सम्झौतामा अध्ययन र छलफल गरी समाधानका काम भइरहेको जानकारी दिए । समस्याग्रस्त घोषणा भएका सबै सहकारीको बचत फिर्ताका लागि परेका ५९ हजार ५८७ निवेदनमा ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार माग दाबी रहेको उनले बताए ।
मन्त्री अधिकारीले समस्याग्रस्त सहकारीका सदस्यबाट ८७ लाख असुल भएको पनि बताए । सहकारीका समस्या समाधान नभएसम्म नयाँ सहकारी दर्ता प्रक्रिया खुला नगर्न सबैलाई परिपत्र समेत गरिएको उनले जानकारी दिए । उनका अनुसार समस्याग्रस्त सहकारीका ३६ वटा शाखाबाट कागजहरू लिएको र अहिलेसम्म २० सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ ।
प्रकाशित समय : १८:१४ बजे



















