काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्राङ्गारिक उत्पादनमा ‘आइपिएम’ किसान पाठशाला’ प्रभावकारी

5.46K
shares

बेनी नगरपालिका–५ बगुवाखोलाकी किसान तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आएकी थिइन । खेतीका लागि बीउ जमाउनेदेखि बिरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सकेकी थिइनन् । करिब १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशालामा सहभागी भएपछि बानियाँले गोलभेडा खेतीको आधारभूत ज्ञान र सीप हासिल गरेकी छन् ।

“बीउ कसरी जमाउने, कति दिनमा बिरुवा लगाउने भन्ने जानकारी थिएन, रोग लागेमा कसरी उपचार गर्ने भन्ने अन्योल हुने गथ्र्यो, मलजल र गोडमेलको बारेमा पनि धेरै जानकार थिएनौँ, अब भने आइपिएम पाठशालामा व्यवहारिक अभ्यासमार्फत सम्पूर्ण ज्ञान लिएका छौँ”, किसान बानियाँले भनिन ।

गत पुस २२ देखि यही जेठ २३ गतेसम्म सञ्चालन भएको आइपिएम किसान पाठशालामा बगुवाखोलाका २५ जनाले सहभागिता जनाएका थिए । उक्त पाठशालामा सोवित शर्मा र क्षेत्रबहादुर कटुवालले प्रयोगात्मक अभ्याससहित सहजीकरण गरेका थिए ।

पाठशाला किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न प्रभावकारी बनेको छ । दुई टनेलमा सञ्चालन गरिएको आइपिएम किसान पाठशालामा सहभागी भएकाले हरेक साताको एक दिन न्यूनतम चार घण्टासम्म सामूहिक रुपमा काम गरेर गोलभेडा नै उत्पादन गरेका छन् ।

बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनसम्म प्रयोगात्मक अभ्यास समेतको सिकाइ भएकाले आइपिएम किसान पाठशाला कृषकका लागि उपयोगी बनेको स्थानीय किसान आरती बानियाँले बताइन ।

विषादीरहित कृषिउपज उत्पादन, रोगकीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवद्र्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । पाठशालामा रासायनिक मलको न्यूनीकरण र प्राङ्गारिक कृषि उत्पादनको तरिका, विधि तथा सीप सिकाइएको सहजकर्ता शर्माले बताए ।

बगुवाखोला आइपिएम किसानले पाठशाला सञ्चालन गरेपछि सहभागीको प्रयोगात्मक बाली लगाउने अभ्यासका क्रममा दुई टनेल र खुला ठाउँमा समेत विभिन्न जातका गोलभेडाको खेती गरेका छन् । किसानलाई खेतीबालीको स्याहार, रोगकीराको पहिचान र उपचार तथा जैविक मलको प्रयोगको लागि पाठशालाले आधारभूत ज्ञान, सीप र क्षमता विकास गराएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।

व्यावसायिक रुपमा गोलभेडा खेती गर्ने किसानलाई अनुदानमा टनेल उपलब्ध गराउन पहल गर्ने बताउँदै आफूले सिकेका ज्ञान, सीप र क्षमतालाई टोल, छिमेकीलाई समेत सिकाउन र स्वस्थ कृषि उपज उत्पादनमा जुट्न आग्रह गरे  ।