global ime bank Long Banner Ad

गृहपृष्ठ टिकटक बारे अमेरिकामा नयाँ कानुन जारी

टिकटक बारे अमेरिकामा नयाँ कानुन जारी

टिकटक बारे अमेरिकामा नयाँ कानुन जारी

अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानुन लागु भएको छ ।

अब टिकटकको मूल कम्पनि बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र टिकटकको स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।

यता टिकटकले भने अमेरिकी नयाँ कानुनलाई चुनौती दिने बताएको छ ।

अमेरिकाले टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो । तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।

टिकटकका विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले टिकटकको प्रयोग गरिरहेका छन् ।

प्रकाशित समय : १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु