global ime bank Long Banner Ad

गृहपृष्ठ बागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उनले बताए ।

फागुन १५ बाट शुरु भएको हिउदे अधिवेसनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु