global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताएको छन ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताए । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दर्घटना भएको सेरानीले बताएका छन् ।

दुर्गम पाहाडी क्षेत्रमा दुर्घटना भएको कारण, उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उनले बताएको छन ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गरे ।

दुर्घटनाको सुचना पाए पछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उनले बताए ।

पाकिस्तानमा ट्राफिक नियमको उलङ्घन, उच्च गति, र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङ्गका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेको जनाइएको छ ।रासस

 

 

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु