गृहपृष्ठ सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा पनि साइन बोर्ड लेख्नुपर्ने
सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा पनि साइन बोर्ड लेख्नुपर्ने
बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।
काठमाडौँको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।
२४ वैशाखपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्नेछ ।
प्रकाशित समय : १८:२० बजे



















