global ime bank Long Banner Ad

गृहपृष्ठ डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस) को उपचार गरिरहेको देखाइएको छ । ‘टीडीएस’ ट्रम्पले आफ्ना विरोधी र राजनीतिक शत्रुहरूलाई होच्याउन प्रयोग गर्ने एउटा चर्चित पदावली हो ।

‘डिपफेक’ प्रविधि प्रयोग गरी बनाइएको यस भिडियोमा राष्ट्रपति ट्रम्प सेतो मेडिकल कोटमा सजिएका छन् । उनले भिडियोमा आफूलाई ‘डाक्टर ट्रम्प’को रूपमा चिनाउँदै टीडीएसका लक्षणहरूबाट पीडित भएकाहरूका लागि विशेष उपचार योजना ल्याएको बताएका छन् ।

भिडियोको सुरुमा उनले भनेका छन्,‘के तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति टीडीएसबाट ग्रसित हुनुहुन्छ ? यसका लक्षणहरू निकै कष्टकर हुन सक्छन् । सौभाग्यवश, म डाक्टर ट्रम्प हुँ र मसँग यसको उपचार योजना छ ।’

यस भिडियोको रोचक पक्ष के छ भने, यसमा ट्रम्पका कट्टर आलोचक मानिने हलिउड स्टारहरू रोबर्ट डी निरो, जुलिया रोबट्र्स, एडवर्ड नोर्टन, जोन लेगुइजामो र टेलिभिजन प्रस्तोता वुपी गोल्डवर्ग तथा रोजी ओडोनेलका एआई अवतारहरू समावेश गरिएको छ । भिडियोमा यी कलाकारहरूले काल्पनिक उपचारपछि आफूलाई सन्चो भएको भन्दै प्रशंसा गरिरहेको देखाइएको छ । एउटा पात्रले भन्छ, ‘म एक दशकभन्दा बढी समयदेखि पीडित थिएँ, तर डाक्टर ट्रम्पलाई सुनेपछि मैले सुधार महसुस गरिरहेको छु ।’

भिडियोको अन्त्यमा ट्रम्पले बिरामीहरूलाई सल्लाह दिँदै भनेका छन,‘उपचार सरल छ । झूटो समाचार हेर्न बन्द गर्नुहोस, प्रार्थना गर्नुहोस् र यदि तपाईंलाई कहिल्यै तनाव महसुस भयो भने म जस्तै डाइट कोक पिउनुहोस्, तपाईंको जीवनमा उल्लेखनीय परिवर्तन आउनेछ ।’

ट्रम्पले पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता धेरै एआई सामग्रीहरू पोस्ट गरिरहेका छन् । यसअघि उनले पोपकसँग जोडिएको एक विवादित एआई तस्बिर पनि साझा गरेका थिए, जसको व्यापक विरोध भएपछि हटाइएको थियो । यो नयाँ भिडियोले पनि अहिले अमेरिकामा ठूलो बहस र चर्चा पैदा गरेको छ । एएनआई

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु