nmb bank

गृहपृष्ठ ‘महिला हरेक क्षेत्रमा सशक्त छन्’

‘महिला हरेक क्षेत्रमा सशक्त छन्’

‘महिला हरेक क्षेत्रमा सशक्त छन्’

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सचिव तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले महिला हरेक कुरामा सवल तथा सशक्त भएको बताए।

चितवनको भरतपुरमा भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संवेदनशीलता, जिम्मेवारी वोध र परिपक्वताको हिसाबले महिला हरेक क्षेत्रमा सशक्त हुने गरेको बताएको हो ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त महिलाको नाम लिँदै महिला अधिकारको निम्ति संसारभर स्थापित भएको प्रसङ्ग उल्लेख गरे । मुलुकको हितका लागि भएका कठिनपूर्ण आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता रहेको र इमान्दारिता पूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताए ।

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले महिला समाज रुपान्तरणका लागि नेत्तृत्व गर्न सक्ने हुनुपर्ने उल्लेख गरे । सङ्गठनबाट नेत्तृत्व गर्दै देशकै  नेत्तृत्व गर्ने उद्देश्य राखेर आम महिला अघि बढ्नुपर्ने, सङ्गठन बलियो भएमा मात्र स्थानीय तहदेखि केन्द्रीय तहसम्म बलियो हुने सङ्गठनमा लडेर नेत्तृत्वको विकास गर्नपर्ने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवसर पाएमा महिला कुनै कुरामा पनि कमी नभएको बताए । “हरेक कुरामा हामी अब्बल छौँ भन्ने कुरा हामीले पाएका अवसर र सम्पादन गरेका कार्यहरुबाट पुष्टि भएका छन् ।” महिलाले नेत्तृत्व गरेको ठाउँमा भएका काम थप राम्रो भएको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागकी संयोजक छायाँ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  माओवादी  केन्द्र चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल,  एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीलगायतले मन्तव्य राखे । सम्मेलनले आज नै ३५ सदस्यीय समिति चयन गर्नेछ । सम्मेलनमा देशभरबाट सात सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु