गृहपृष्ठ आइएसले निशाना बनाउने धम्की दिएको भन्दै च्याम्पिन्स लिगमा बढाइयो सुरक्षा
आइएसले निशाना बनाउने धम्की दिएको भन्दै च्याम्पिन्स लिगमा बढाइयो सुरक्षा
इस्लामिक स्टेट समुहको सम्भावित हमला हुन सक्ने भन्दै फ्रान्स र स्पेनको फुटबलको सुरक्षा बढाइएको छ ।
फ्रान्स र स्पेनले मंगलबार र बुधबार राति म्याड्रिड र पेरिसमा हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि सुरक्षा बढाएका हुन ।
शीर्ष सरकारी अधिकारीहरूले इस्लामिक स्टेट ९आईएस० को खतरा कायमै रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको जनाएका छन् ।
‘पेरिस क्षेत्रमा हुने खेलको सन्दर्भमा प्रहरी प्रमुखले सुरक्षालाई निकै मजबुत बनाएको छ,’ फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले ओलम्पिक खेलको सुरक्षामा आयोजित पत्रकार सम्मेलनमा भने।
‘हामीले अन्य चीजहरू मध्ये आइएस विशेष गरी स्टेडियमहरूलाई लक्षित गर्ने सुचना पाएका छौं तर यो नयाँ कुरा भने होइन्,’ उनले अगाडी भने ।
इस्लामिक स्टेटले यस हप्ताको च्याम्पियन्स लिग खेलका लागि चार स्थानमा निशाना बनाउने धम्की दिएको सार्बजनिक भएको थियो ।
जसअनुसार पेरिसको पार्क डेस प्रिन्सेस र म्याड्रिडमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले क्रमशः म्यान्चेस्टर सिटी र बोरुसिया डर्टमुन्डसँग सामना गर्ने दुई खेलहरू बढी संवेदनशिल मानिएका छन ।
‘स्पेनी पुलिसले दुई खेलको लागि राजधानीमा सुरक्षा बढाउन २ हजार अतिरिक्त अधिकारीहरू तैनाथ गर्नेछन्,’ सरकारका प्रवक्ता पिलर एलेग्रियाले मंगलबार पत्रकारहरूलाई भने। उनका अनुसार आतंकवाद अलर्ट लेभल ५ को स्केलमा ४ मा बढाइएको बताइन् ।
इस्लामिक स्टेटले हालै मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा कम्तिमा १ सय ४३ जनाको मृत्यु भएको छ।
प्रकाशित समय : ०७:४३ बजे



















