काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमाल आरोहणका लागि अनुमति सूरु, पहिलो दिनमै ४६ पाए अनुमति

4.87K
shares

वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ ।

पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ ।

सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिले हिमालमा जाने टोलीहरुले आफ्नो तयारी गरिरहेका छन् ।

नेपालमा सामान्यतया जेठ पहिलो साताबाट बढी आरोहण हुने गर्छ । सगरमाथा चढ्न वसन्त ऋण मुख्य सिजन मानिन्छ । सोहीकारण यो हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।

 

यो सिजनको आरोहण व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत विभिन्न नियम बनाएको छ । जसमा हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम छन् ।