गृहपृष्ठ श्रीलङ्कातिर उडे विनोद चौधरी
श्रीलङ्कातिर उडे विनोद चौधरी
फाइल फोटो
व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलङ्काका लागि उडेका छन् ।
बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिएका चौधरी दिउँसो १स्५७ बजेको श्रीलङ्कन फ्लाइटमार्फत श्रीलङ्का गएका हुन् ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोप लागेपछि उनीमाथि अनुन्धान सुरू भएको थियो । ठीक यहीबेला उनी श्रीलङ्का गएका हुन् ।
जग्गा प्रकरणमा गत माघ १८ गते सीआईबीले विनोदका भाइ अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरी बयान लिएको थियो ।
प्रकाशित समय : १७:५७ बजे



















