nmb bank

गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

क्यापिटलले वित्तयि चेतना अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी दिइएको थियो ।

साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट पारिएको थियो ।

८ गते श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाडौंमा बिबिए ८ सेमेष्टरका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल लि। धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु