गृहपृष्ठ राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस विजयी
राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस विजयी
नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गयो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५–१२ ले जित्यो भने खेलको दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पायो ।
त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३–० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५–८, २५–७ र २५–२ ले पराजित गयो ।
उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले एक लाख २५ हजार प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १४:५५ बजे



















