काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिक्षामा राज्यको लगानी परिणाममुखी बनाउन आवश्यक छ : प्रदीप पौडेल

7.27K
shares

कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताएका छन् । शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि सबै पक्षको साझा प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ’, शनिवार राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९ औँ अभिभावक दिवस कार्यक्रममा बोल्दै पौडेलले भने, ‘शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।’

प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

देशमा बालबाटिकाजस्ता निजी स्कुलहरूले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको पनि सो क्रममा पौडेलले बताए । व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै पौडेलले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यस्तै व्यवस्थित व्यक्तिले मात्रै देशको नेतृत्व गर्न सक्ने यथार्थ प्रस्तुत गर्दै पौडेलले भने, ‘अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला उ आफैँ व्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।’ यो विषयलाई विद्यालय तहबाटै विद्यार्थीलाई बुझाउने र त्यस ढङ्गबाट उसलाई अभ्यस्त गर्ने स्थिति बन्नुपर्ने उनको धारणा थियो ।