गृहपृष्ठ फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो

फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो

फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो

चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।

एक्स्पोेका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेजसहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पताल रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताए । अनुसार चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ भएकाले यहाँ मेडिकल र प्राविधिक व्यक्तिको उपस्थिति पनि राम्रो छ । यो एक्स्पोे प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्युसन’ समेत भएको उनको भनाइ छ । उनले भने, “ एक्स्पोेमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङलाई तालिम हुन्छ । यहाँ सीपको आदानप्रदान गरिन्छ ।”

एक्स्पोेका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोेका लागि एक सय ५० वटा स्टल बुक भइसकेको बताउनुभयो । एक्स्पोमा २० हजार हाराहारी प्राविधिकले अवलोकन गर्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “एक्स्पोेमा प्राविधिकसहित ठूलो सङ्ख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पोे फलदायी हुने उहाँको भनाइ छ ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले नेपालका औषधि अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन एक्स्पोे आयोजना गरिँदै आएको बताए । उनले भने, “नेपाली औषधि कुनै पनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।” नेपाली औषधि विदेशमा समेत निर्यात हुने गरेको भन्दै उनले विदेशीसमेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोेमा आउने उनले जानकारी दिए ।

रु ६० अर्बभन्दा बढी लगानी भएको नेपाली उद्योगले गत आर्थिक वर्षमा रु २९ अर्ब मात्रैको कारोबार गरेको  उनले बताए । प्रधानले भने, “नेपाली उद्योगले नेपालका कूल मागको ९० औषधि उत्पादन गर्न सक्छन् ।” हाल नेपाली उद्योग ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको उनको भनाइ छ । नेपाली औषधि उद्योगलाई राज्यको प्रवद्र्धन र संरक्षणको खाँचो रहेको बताए ।

 

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु