गृहपृष्ठ फटाफट प्राधिकरणले काम नगर्दा मध्य भोटेकोसी, रसुवागढी र सान्जेनले उत्पादित बिजुली बेच्न पाएनन्, यता एनइए भारतबाट बिजुली किन्दै

फटाफट प्राधिकरणले काम नगर्दा मध्य भोटेकोसी, रसुवागढी र सान्जेनले उत्पादित बिजुली बेच्न पाएनन्, यता एनइए भारतबाट बिजुली किन्दै

फटाफट प्राधिकरणले काम नगर्दा मध्य भोटेकोसी, रसुवागढी र सान्जेनले उत्पादित बिजुली बेच्न पाएनन्, यता एनइए भारतबाट बिजुली किन्दै

यति बेला तीन वटा बिद्युत् आयोजना बिजुली बाल्ने अन्तिम तयारीमा छन्। मध्य भोटेकोसी जलविद्युत आयोजना,रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनी बिजुली बाल्ने तयारीमा रहेका हुन्।

तर नेपाल बिद्युत् प्राधिकरण (एनइए)ले भने अझै आफ्नो काम सकाएको छैन। जसका कारण बिजुली बले पनि खेर जाने स्थितिमा तीनै कम्पनी छन्। यता कछुवा गतिमा नेपाल बिद्युत् प्राधिकरणले काम गर्दै आएको छ भने अर्को तर्फ अपुग बिजुली भारतबाट आयात गरिरहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार चालु आर्थिक वर्षकाे पुससम्ममा अर्थात गएकाे ६ महिनामा २ अर्ब ५४ कराेड रुपैयाँ बराबरकाे बिजुली भारतबाट आयात भएकाे छ ।

तीन ओटै आयोजनाको बिजुली बल्ने र प्रसारण लाइनमा जोडिने हो भने दुई सय २७ मेगावाट बिजुली तुरुन्तै थपिन सक्छ। किनकि मध्य भोटेकोसी एक्लैले १०२ मेगावाट, रसुवागढीले एक सय ११ मेगावाट र सान्जेन माथिल्लोले १४.८ मेगावाट बिजुली उत्पादन गर्ने छन्। जसले बिजुली आयात गर्ने भन्दा पनि निर्यात गर्नु पर्ने अवस्था सिर्जना गर्न सक्छ।

यी तीन वटै आयोजनको प्रमुख लगानीकर्तामा चिलिमे जलविद्युत कम्पनी र नेपाल बिद्युत् प्राधिकरण छन्। प्राधिकरण आफै लगानीकर्ता भएर पनि उसले गरिदिनुपर्ने काम समयमा गरिदिएको छैन। जसको कारण बिद्युत् उत्पादन हुने अवस्था हुँदा हुँदै पनि बिद्युत् बिक्री हुन नसकिरहेको हो। जसले आयोजनको लागत बढाउँदै लगेको छ भने लगानीकर्ताले लगानी फिर्ता पाउने समय समेत बढ्दै गइरहेको छ। जसको कारण लगानीकर्ता समेत समस्यामा देखिएका छन्।

मध्य भोटेकोसीले सिन्धुपाल्चोक जिल्ला, साबिक गाति-मार्मिङ गा.वि.स.(हाल बाह्रबिसे न.पा. ५ र भोटेकोसी गा.पा. ५) रहेको भोटेकोसी नदीमा आधारित रन अफ रिभर मोडलमा आयोजना बनाएको छ। उसले ५४२ मेगावाट आवर (वार्षिक) बिद्युत् उत्पादन गर्न सक्छ। जसको काम लगभग सकिएको मध्य भोटेकोसीमा चिलिमेको तर्फबाट सञ्चालक रहेका तुलसीराम ढकालले बताए।

 

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु