गृहपृष्ठ बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् ।

मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्यएक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलब्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए। ‘जग्गा प्राप्तसँगै आकर्षण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभा हल निर्माण गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कला संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेर राखिनेछ ।’

गाउँपालिकाभित्रका सबै जातजातिको कला संस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरूप आफूले खुशी मनले जग्गा दान गरेको जग्गादाता श्रेष्ठले बताए। गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु.७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलब्ध गराएको स्पष्ट गरे ।

 

 

प्रकाशित समय : ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु