गृहपृष्ठ श्रीलङ्काबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी
श्रीलङ्काबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी
This picture taken on November 23, 2021, shows the logo of Interpol during the 89th Interpol General Assembly in Istanbul. - On November 25, 2021, the delegates will elect the new Interpol President, who will replace the South Korean Kim Jong Yang. One of the candidates is Ahmed Nasser al-Raisi from the United Arab Emirates, who has been criticised for allegations of torture. (Photo by Ozan KOSE / AFP)
श्रीलङ्काका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताएका छन्।
राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भने, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।”
टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।
दुबईमा लुकेर बसेका श्रीलङ्काको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलङ्का फर्काइएको उनले बताए ।
“‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलङ्कामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भने ।
“इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ ।
प्रकाशित समय : १९:३३ बजे



















