काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्यटकीय गाउँ भुष्मे : गाउँले सबै तरकारी खेतीमा

4.56K
shares

लमजुङ –केही वर्ष अघि बजारमा र छिमेकीसँग तरकारी किन्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ भुष्मेका स्थानियले अहिले घरैपिच्छे तरकारी लगाएका छन् ।

पर्यटकीय गाउँ भुष्मेमा केही वर्ष अघि बाझो रहेको जग्गा यतिबेला भने तरकारी खेतीले हरियाली भएको छ । भुष्मेका सिङ्गो गाउँ नै अहिले तरकारी खेतीमा लागेका छन् ।

किसान यतिबेला काउली, बन्दा, गोलभेंडा लगायत विक्री गर्न व्यस्त छन् । स्थानिय अगुवा होमराज तामाङले गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा लागेको बताए । पहिले किनेर काम चलाउने गरेका थियौ अहिले आफैले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । उनले भने आफैले तरकारी फलाउन थालेपछी आफुलाई पनि भयो विक्री समेत गरेका छौ । तामाङले गाउँ तरकारीमा आत्मानिर्भर भएको बताए । गाउँलेको दैनिकी तरकारी खेतीमै वित्ने गरेको छ ।

२०७१ सालेदखि तरकारी खेती गदै आएकी नीलमाायाँ तामाङले ८ रोपनी जग्गामा अहिले व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गदै आएको बताइन् । उनले भनीन् पहिलेका दिनमा दुईचार पैसा देख्न नी रहरै हुने थियो अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।

नीलमायाँ जस्तै तरकारी फलाउन हौसिएकी छन् गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी विक्रीबाट आएको रकम चलाउने गरेको उनले बताइन् । तरकारी राम्रो विक्री हुन्छ घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ उनले भनीन् । घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुवीता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछिन् । घरमा तरकारीको अभाव कहिल्यै हुदैन विक्री पनि गर्छो उनले भनीन् जागर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिन्छ ।

भुष्मे गाउँलाई तरकारी पकेट क्षेत्र नै घोषणा गरीएको छ । गाउँमा भुष्मे तरकारी पकेट सञ्चालन समिती गठन समेत गरीएको छ । गाउँलेले १५० रोपनी जग्गामा तरकारी खेती गदै आएका छन् । स्थानिय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागी मस्र्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले समेत सहयोग गदै आइरहेको छ । भुष्मेमा २०७४ सालदेखि होमस्टे सुरु गरीएको हो । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे सञ्चालन गरीएको छ ।