global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कप : एपीएफलाई हराउदै पुलीस शीर्ष स्थानमा

प्रधानमन्त्री कप : एपीएफलाई हराउदै पुलीस शीर्ष स्थानमा

प्रधानमन्त्री कप : एपीएफलाई  हराउदै पुलीस शीर्ष स्थानमा

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत उपाधि दावेदार शसस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबसँग हार व्यहोरेको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले पराजित गर्‍यो ।

एक सय ४६ रनको लक्ष्य पाएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो । पुलिसका ललित राजवंशी एक्लैले ५ विकेट लिए । रसिद खानले २ र सागर ढकालले एक विकेट हात पारे । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २५ रन बनाए । अमर रौटेलाले २३ र प्रज्वल शाहीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कप्तान रोहित पौडेल र विकेटकिपर लोकेश बमले खाता खोल्न सकेनन् । प्रदीप ऐरीले ४, पुरन विकेले १ र सुमित महर्जनले २ रन मात्र बनाउन सके । भुवन कार्कीले ४ रन मात्र जोड्न सके । ललितले ८ ओभरमा ४ मेडन राखेर ८ रन मात्र खर्चिएका थिए । त्यसअघि पुलिसले ४१ ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन जोडेको थियो । पुलिसका लागि दिलिप नाथले ४४, अर्जुन साउदले ३१ र शंकर रानाले २२ रन बनाएका थिए ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु