काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यू–१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

6.97K
shares

न्युजिल्यान्डले आईसीसी यू–१९ विश्वकपमा नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।