global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

कोशी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

कोशी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । ११ तोला सुन, १५ तोला चाँदी र १ लाख रुपैयाँ बैंक मौज्दात देखाएका उनले अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन । उनीसँग एउटा दुहुना गाई, १ हल गोरु र एउटा खसी पनि छन । मन्त्री जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको पनि उल्लेख गरेका छन् ।

यसैगरी वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी, १० तोला सुन र २० तोला चाँदी रहेको विवरण पेश गरेका छन् । यसैगरी परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको मन्त्री उप्रेतीले उल्लेख गरेका छन् ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु