global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदी धितोमा राखेर ५१ अर्ब ७६ करोड कर्जा प्रवाह

सुनचाँदी धितोमा राखेर ५१ अर्ब ७६ करोड कर्जा प्रवाह

सुनचाँदी धितोमा राखेर ५१ अर्ब ७६ करोड कर्जा प्रवाह

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले मङ्सिर मसान्तसम्ममा सुनचाँदी धितोमा ५१ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत कार्तिकसम्म ५१ अर्ब ३९ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले मङ्सिरमा मात्रै ३७ करोडले कर्जा बढाएका हुन् ।

पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा वित्तीय संस्थाहरूले पनि सुनचाँदी धितोमा कर्जा प्रवाह बढाएका हुन् । घरजग्गाजस्तै सुनचाँदी पनि सबैभन्दा सुरक्षित घितोको रूपमा लिइने भएकाले पछिल्लो समय सुनचाँदी धितोमा प्रवाह हुने कर्जा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २ गते मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४०० रूपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख १८ हजार ८५० रूपैयाँमा कारोबार भएको छ । चाँदी भने प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २०७९ मङ्सिर मसान्तसम्ममा सुनचाँदी धितोमा ५१ अर्ब ९ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो कर्जा गतवर्षको सोही अवधिको तुलना (वार्षिक बिन्दुगत रुपमा) मा ७९ करोड ५० लाख रूपैयाँले बढी हो ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु