global ime bank Long Banner Ad

गृहपृष्ठ एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एनएलजी इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ५.५ प्रतिशतले हुन आउने रकम बराबरको लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को संचित नाफाबाट बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँको ५.५ प्रतिशतले आउने ८ करोड २ लाख ६० हजार १ सय ६९ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

इन्स्योरेन्सले यसपालि लगानीकर्तालाई नगद लाभांश भने नदिने भएको छ। बोनस सेयरको कर प्रयोजनार्थका लागि मात्रै कम्पनीले ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २ सय १९ रुपैयाँ नगद लाभांश छुट्याएको हो ।

कम्पनीले बीमा प्राधिकरणमा लाभांश स्विकृतका लागि प्रस्ताव पेश गरेको छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु