global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन । संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु