गृहपृष्ठ निफ्राले १० प्रतिशत ब्याज लिएर ऋणीको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने
निफ्राले १० प्रतिशत ब्याज लिएर ऋणीको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बाट ऋण लिएर समस्यामा परेका ऋणीले राहत पाएका छन्। नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गरि पुर्वाधार विकास बैंकले परिस्थितिवश समस्यामा परेका होटल तथा रेष्टुरेन्ट, सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगले १० प्रतिशत ब्याज भुक्तान गरे कर्जाको पुनरर्तालिकीकरण तथा पुनरर्संरचना गर्न पाउने व्यवस्था गरेको छ।
यस्तै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र यातायात क्षेत्रसँग सम्बन्धित कर्जा परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यस्तो कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० चैत मसान्तभित्र गरिसक्नु पर्ने भएको छ। २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने र यस्ता कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ।
प्रकाशित समय : ११:१८ बजे



















