global ime bank Long Banner Ad

गृहपृष्ठ भूकम्पपीडित संकटमाः पचास करोड माग्दा चार करोड निकासा

भूकम्पपीडित संकटमाः पचास करोड माग्दा चार करोड निकासा

भूकम्पपीडित संकटमाः पचास करोड माग्दा चार करोड निकासा

भूकम्पपीडित लाभग्राहीको सङ्ख्या जाजरकोटमा ३३ हजार २५ पुगेको छ । जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले लाभग्राहीलाई रकम दिन सकेको छैन । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण पीडितले रकम पाउन सकेका छैनन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अस्थायी आवासका लागि आवश्यक थप ५० करोड रुपियाँ माग गरिएको बताइन्छ ।

रकम माग गरेको ११ दिनपछि चार करोड रुपियाँ मात्र प्राप्त भएको छ । अस्थायी आवास निर्माणमा अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् ।

हालसम्म तीन हजार ७२१ परिवारको खातामा पहिलो किस्ताबापतको २५ हजार रुपियाँ निकासा भएको बताइन्छ । भेरी नगरपालिकाले चार हजार ५४९ लाभग्राही कायम गरेको छ ।

४८४ परिवारसँग सम्झौता गरेर एक करोड २१ लाख रुपियाँ लाभग्राहीको खातामा निकासा दिएको छ । बारेकोटले पाँच हजार ५८६ लाभग्राही कायम गरी एक हजार ६५ परिवारलाई पहिलो किस्ताको दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको छ ।

कुसे गाउँपालिकाले पाँच हजार २८७ लाभग्राही कायम गरेको छ । शिवालयले तीन हजार ३०९ लाभग्राही कायम गरी दुई हजार १७२ परिवारको खातामा पाँच करोड ४३ लाख अनुदान दिएको छ । हालसम्म नौ करोड ३० लाख २५ हजार रुपियाँ पीडित व्यक्तिका खातामा रकम गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटका भूकम्पपीडितलाई मङ्सिरभित्र अस्थायी आवासमा सार्ने भन्दै सङ्घीय सरकारले पठाएको ५० करोड रुपियाँ केही पालिकाका खातामा गएर थन्किएको छ । केही पालिकाले रकम नै पाउन सकेका छैनन् । माग गरे अनुसारको रकम सरकारले नपठाउँदा नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले अस्थायी आवासको रकम पाएका छैनन् ।

भूकम्पपीडितको अस्थायी आवास निर्माण गर्न पहिलो किस्तामा २५ हजार दिइने छ । निर्माण सम्पन्न भएपछि थप २५ हजार गरी प्रतिपरिवार ५० हजार रुपियाँ दिने सरकारको निर्णय छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्ला विपत् व्यवस्थापन कोषमा रकम नहुँदा सबै पालिकामा रकम निकासा गर्न नसकिएको बताए ।

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु