गृहपृष्ठ तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
सनुको कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको सुन आइतबार घटेर प्रतितोला १ लाख १७ हजार ५०० रपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:१३ बजे

















