परराष्ट्रमन्त्री साउद कतार प्रस्थान
वि.सं.२०८० मंसिर २३ शनिवार ११:०४
shares

परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।
दोहा फोरम-२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुँदैछन् ।
भ्रमणका क्रममा मन्त्री साउदले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै कतारमा गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि मध्यस्थता गरिदिन आग्रह गर्ने मन्त्री साउदले बताएका छन्।

























