काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साउदी लिग : अल हिलालको अपराजित यात्रा कायमै

5.59K
shares

साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल टाईलाई २-१ गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल हिलालको जितमा सलेम अलडावसारी र अलेक्जाण्डर मिट्रोभिकले एक एक गोल गरेका थिए । त्यसैगरी अल टाईका लागि तारिक मोहमदले एक गोल गरेका थिए ।

यो अल हिलालको यस सिजनमा १४औं जित हो । १६ खेलमा १४ जित र २ बराबरी खेलेको अल हिलाल अपराजित रहदै ४४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अल टाईको १६ खेलमा १७ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।