इनारमाथि नाचेको विषयमा प्रकाश सपुतले मागे माफी
वि.सं.२०८० मंसिर २१ बिहीवार १६:२५
shares

इनारमाथि नाचेको भिडियोको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन्।
उनले लेखेका छन्, यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन म कलाकारको रुपमा त्यहाँ थिए र मलाई त्यसरी इनार माथि चढ्न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन। मेरो अज्ञानता प्रति लज्जित छु। विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवास् समुदाय प्रति क्षमा चाहन्छु। अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निराश बनाएको मा म दुखी छु। मनै देखि दुखी छु।
४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका थिए।

























