सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद : विश्वप्रकाश शर्मा
वि.सं.२०८० मंसिर २१ बिहीवार ०९:०२
shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन् ।
आज विहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको बताए । उनले लेखेका छन, ‘६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद छ । यसलाई रोकेर यो अपार करछलिको गहिरो अनुसन्धान जरुरी छ । अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ ।’
एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गनए उनको आग्रह छ । उनले भने,‘अत्यावश्यक ऐन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं । बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं ।’
यस्तै, एनसेलले पुँजिगत लाभकर नतिर्ने प्रपन्च गर्दा नो ट्याक्स, नो एनसेल अभियानको अघि बढाएको स्मरण गराएका छन् ।

























