global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको सङ्कल्प यात्रा बैतडीबाट सुरु

एमालेको सङ्कल्प यात्रा बैतडीबाट सुरु

एमालेको  सङ्कल्प यात्रा बैतडीबाट सुरु

नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु भएको छ । पार्टी अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ ।

आजै साँझ बैतडीको खोड्पेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाट कार्यक्रम रहेको छ ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा पुस २ गतेसम्म जारी रहने छ ।

 

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु