गृहपृष्ठ २ किलो कोकिन सहित एक महिला विमानस्थलबाट पक्राउ

२ किलो कोकिन सहित एक महिला विमानस्थलबाट पक्राउ

२ किलो कोकिन सहित एक महिला विमानस्थलबाट पक्राउ

कतारबाट काठमाडौँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।

केहीसमय अघि कतारबाट नेपाल आएर यहाँबाट भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।

भारतकी ३२ वर्षीया किम्रो साङ्गी झोला बेल्टमा छाडेर भुटान जाने तयारीमा थिइन्।

उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।‍

 

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु