काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सबस्टेसन विवादले लप्सीफेदी तनावग्रस्त, डीएसपी कुटिए, के हो स्थानीयको माग ?

8.27K
shares

शुक्रबार राति काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबीच रातभर झडप चल्यो । प्रहरीको टाउको फोड्न स्थानीय उत्रिएपछि दुवैपक्षको मुडभेडले रणभूमिकै अवस्था बन्यो ।

स्थानीयले प्रहार गरेको ढुंगामुडाबाट सशस्त्र प्रहरी बलका डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी ९ जना ठाउँको ठाउँ घाइते भए । घटना लगत्तै आक्रमण गर्ने चार जना स्थानीयलाई पक्राउ गरेको प्रहरीले अहिले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

यसरी सुरक्षाकर्मीमाथि स्थानीय जाईलाग्नुको कारण भने यहाँ नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माण गर्दैछ । तर स्थानीयले लगातार अवरोध गर्दै आएका छन् । शुक्रबार बेलुका भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दलबलसहितको टोली लिएर लप्सीफेदी गएका थिए । सबस्टेसन निर्माण र सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट स्थापना गर्न लागेपछि स्थानीयले सुरुमा प्रहरीका गाडी रोक्न खोजे । बाटोमा आगो दन्काएर छेक्ने प्रयास गरेपनि सुरक्षाकर्मीले भताभुंग बनाएर निभाइदिए । बाटोमै रुख ढालेर अवरोध गर्दा पनि सुरक्षाकर्मी ब्याक नभएपछि आन्दोलनमा उत्रिएका महिलाहरु सडकमै सुतेर रोक्ने कोशिस गरे । त्यतिगर्दा पनि सुरक्षाकर्मी नरोकिएपछि स्थानीयले आक्रमण गरेका हुन् ।

आफ्नो आवाजलाई दबाएर जबरजस्ती सबस्टेसन राख्न खोजिएपछि हुलदंगा भएर ढुंगामुडा गरेको स्थानीयले बताएका छन् । कतिसम्म भने उनीहरुले यसलाई आदिबासीमाथिको बलजफ्ती भनेका छन् । एमसीसी परियोजना लगायतका विकास निर्माणलाई देखाएर अस्तित्व मेटाउन खोजेको आरोप लगाएका छन् ।

तर यो विरोध अहिलेको मात्रै होइन । गतबर्षदेखि यहाँ निरन्तर आन्दोलन र अवरोध चलिरहेको छ । त्यति बेला पनि प्रहरीले दिनदाहाडै हाकाहाकी पेस्तोल ताकेर तर्साउन खोजे पनि स्थानीय चिढिएका थिए । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ लप्सीफेदीको बोझेनी सबस्टेसन निर्माणका काम गरेको छ । यहाँ तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन यसको प्रयोग हुनेछ । यसका लागि ४०० केभी, २२० केभी, १३२ केभी र ११ केभी सबस्टेसन निर्माण गर्न लागिएको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने करिब १७४ रोपनी जग्गा ५० जना जग्गाधनीहरुबाट अधिग्रहण गरिएको छ । त्यसबापत जग्गाधनीहरुले करिब ५० करोड रुपैयाँ मुआब्जा तथा क्षतिपूर्ति रकम पनि बुझेका छन् । तर अहिले यो सबस्टेसन निर्माण सार्नुपर्ने भन्दै आन्दोलन चर्काएपछि सरकार निर्मम भएर अघि बढीरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने सबै कानूनी प्रक्रिया पूरा गरेको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सवस्टेसन सार्न नसकिने बताइरहेका छन् ।

तर राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान ‘समान नेपाल’ले नेतृत्व गरिरहेको यो आन्दोलन रोकिने अवस्थामा छैन । कुलमानले पनि स्थानीयका जायज मागलाई पुरा गर्दा पनि केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिले उचाल्दा स्थानीय भड्किएको आरोप लगाएका छन् । फलतः मुडभेठ भएर टाउका फोडाफोडको अवस्था बनेको छ भने १८ अर्ब लागतमा बन्दै गरेका सबस्टेसनहरु प्रगती शून्य बनेका छन् ।