गृहपृष्ठ पहिलो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीले गराए १० अर्ब बढीको बीमा
पहिलो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीले गराए १० अर्ब बढीको बीमा

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्जीबन बीमा कम्पनीहरुले १० अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा पधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासिकमा १४ वटा निर्जीवन बीमा कम्पनीले १० अर्ब ४४ करोड रुपैयाँको बीमा गराएका हुन् ।
यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८१ हजार ४६४ बीमा पोलिसी बिक्री गरेका छन् । बीमाको व्यापारमा सगरमाथा लुम्बिनी इन्योरेन्स (सलिको) आक्रामक देखिएको छ । यो कम्पनीले १३ वटा कम्पनीलाई उछिन्दै सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । प्राधिकरणका अनुसार लुम्बिनी इन्स्योरेन्सले पहिलो त्रैमासमा ७५ हजार ४ सय ७० वटा बीमा पोलिसी बिक्री गरेर १ अर्ब ३१ करोड रुपैयाँ कमाएको हो । असोज महिनामा मात्रै यो कम्पनीले २८ हजार ८ सय ३५ वटा बीमालेख जारी गरि ४० करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ ।
बीमा शुल्क आर्जनको रुपमा सगरमाथा इन्स्योरेन्स अगाडि आए पनि बीमालेख जारीका आधारमा भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्स अगाडि छ । यो कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६ करोड मूल्य बराबरको ७९ हजार ६ सय ९६ वटा बीमालेख बिक्री गरेको हो ।
निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा साढे १० अर्ब कमाउँदा असोज महिनामा मात्रै ३ अर्ब ३६ करोड रुपैयाँ कमाएका हुन् । भदौ महिनामा ३ अर्ब ९ करोड रुपैयाँ कमाएका कम्पनीले असोजमा २७ करोड बढी रकम आर्जन गरेका हुन् ।
प्रकाशित समय : ११:३२ बजे