गृहपृष्ठ एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल, भारत र पाकिस्तान एकै समूहमा

एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल, भारत र पाकिस्तान एकै समूहमा

एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल, भारत र पाकिस्तान एकै समूहमा

एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधवार १९ वर्षमुनिको एसिया कपको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

मलेसियामा भएको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो । यस्तै यूएई उपविजेता र जापाना तेस्रो स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

नेपालले सन् २०२४ को जनवरीमा श्रीलंकामा भएको १९ वर्षमुनिको विश्वकप पनि खेल्दैछ । प्रिमियर कपलाई नेपालले विश्वकपको तयारीका रुपमा हेरेको छ ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु