गृहपृष्ठ बैंक तथा बीमा कम्पनीले सरकार विरुद्ध दायर गरेको मुद्दा हेर्दा हेर्दैमा

बैंक तथा बीमा कम्पनीले सरकार विरुद्ध दायर गरेको मुद्दा हेर्दा हेर्दैमा

बैंक तथा बीमा कम्पनीले सरकार विरुद्ध दायर गरेको मुद्दा हेर्दा हेर्दैमा

वाणिज्य बैंक तथा बीमा कम्पनीको तर्फबाट सरकार विरुद्ध दायर गरिएको मुद्दा हेर्दा हेर्दैमा परेको छ । १६ वाणिज्य बैंक र दुई बीमा कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद सचिवालयलाई विपक्ष बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सो रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएपनि हेर्दा हेर्दैमा राखेका हुन् । अब उक्त मुद्दाको संवैधानिक इजलास बसेको दिन सुनुवाइ हुने छ । यसअघि असोज १७ गते सर्वोच्च अदालतले एफपीओ तथा मर्जर र एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर लगाउनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको थियो ।

रिट निवेदकले कर उठाउन खोज्ने सरकारको प्रयास अन्तरिम आदेशबाट रोक्न माग गरेका थिए । तर, सर्वोच्च अदालतले निवेदनको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । जसले गर्दा सरकारलाई तत्काल कर उठाउन अवरोध भएको थिएन । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय सरकार पक्षको समेत धारणा सुनेर हुने सर्वोच्चले जनाएको छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु