काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रसंघका महासचिवको भ्रमण प्रयोजनविहीन : कमल थापा

5.06K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजनविहीन भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार दिने नेपाल भ्रमणको क्रममा गए राती नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई प्रयोजनविहीन र आश्चर्यजनक रहेको उल्लेख गरेका छन् ।

‘अतिथिलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप छ । उनले भनेका छन्, ‘इजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भैरहेको छ, यस्तो बेला सङ्क्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’