ङकङले पायो २१४ रनको विशाल लक्ष्य
वि.सं.२०८० कात्तिक ४ शनिवार १२:५३
shares

युवा अलराउण्डर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विष्फोटिङ अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत हङकङविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ खेले । ४० बल खेलेका उनले ३ चौका र ९ छक्का प्रहार गरे । शतक बनाउने धुनमा ठूलो शट खेल्दा उनी क्याच आउट हुन पुगे ।

























