राष्ट्र बैंकले पाँच रुपैयाँका १५ करोड थान सिक्का निकाल्ने
वि.सं.२०८० असोज २९ सोमवार ११:२६
shares

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो ।
गाई चिह्न अंकित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ । दशैंपछि टेण्डरको प्रक्रिया थाल्ने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो। राष्ट्र बैंक २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजनामा छ ।

























