गृहपृष्ठ विश्वकप छनोटमा अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा

विश्वकप छनोटमा अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा

विश्वकप छनोटमा अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिदा अर्जेन्टिना विजयी भएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हरायो।

अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गरेको ग‍ोल निर्णायक सावित भयो । उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए।

यता ब्राजिललाई भेनेजुएलाले १–१ गोलको बराबरीमा रोक्यो । ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए । तर भेनेजुएलाका बेलोले खेल सकिन ५ मिनेट बाँकी छदा बराबरी ग‍ोल फर्काए ।

छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा द‍ोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ।

प्रकाशित समय : ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु